बेलायतले पूर्व गोरखा सैनिकलाई तत्काल देशबाट ननिकाल्ने लण्डन, २३ चैत। बेलायत सरकारले १३ जना पूर्व गोरखा सैनिकका विषयमा पुनर्विचार गर्ने भएको छ। अफगानिस्तानबाट उद्धार गरी लण्डन लगिएका उनीहरुलाई नेपाल र भारत फर्काउन लागिएको थियो। उनीहरु अफगानिस्तानस्थित बेलायती दूतावासको सुरक्षामा खटिएका थिए। लण्डनमा काम गरिरहेका उनीहरुलाई गत साता अचानक स्वदेश फर्काउने भन्दै हिरासतमा लिइएको थियो। उक्त कार्यको चौतर्फी आलोचना भएपछि बेलायतले फिर्ता पठाउने निर्णय तत्काललाई रोकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्