परराष्ट्र सचिव पौड्याल र चीनका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता काठमाडौं, २३ चैत। परराष्ट्र सचिव भरत राज पौड्यालले चीनका स्टेट काउन्सीलर तथा विदेशमन्त्री किन गाङसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीनबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदानप्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। शुक्रबार नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठक बस्दैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्