एनसीएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल हुँदैछः सांसद पन्त काठमाडौं, २३ चैत। नेकपा एमालेका सांसद रघुजी पन्तले दूर सञ्चार ऐन,२०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एनसीएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको आरोप समेत लगाए। ‘अर्बौं, अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानून फेरेर सरकारको स्वामित्वमा नल्याउने कुरा भइरहेको छ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्