नेपालको छैटौँ ठूलो व्यापार घाटा मलेसियासँग, आठ महिनामा घाटा १८ अर्ब २७ करोडभन्दा बढी काठमाडौं, २३ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा मलेसियासँग नेपालको व्यापार घाटा १८अर्ब २७करोड ९५लाख ५६हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार भारत,चीन, इन्डोनेसिया,युएई र अर्जेन्टिनापछि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा मलेसियासँग रहेको छ। उक्त अवधिमा नेपालले मलेसियाबाट १८अर्ब ४७करोड ५४लाख १हजार रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालबाट १९करोड ५८लाख ४५हजार रुपैयाँको वस्तु मलेसिया गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्