दश दलीय सत्तारुढ गठबन्धनको बैठक सकियो, जनजीविका तथा सुशासनलगायतका मूलभूत विषयमा सहमति काठमाडौं, २३ चैत। दश दलीय सत्तारुढ गठबन्धनको बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको छ। बैठकले सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ। ‘लोकतन्त्र,राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा,सुशासनका बारेमा मुलभुत रुपमा सहमति भएको छ,’बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताए। बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्