प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि काठमाडौं, २३ चैत। आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ। आजको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक,२०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्