दुईदिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउँछः प्रधानमन्त्री दाहाल काठमाडौं, २२ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले अबको दुई दिन भित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्। बुधवार नेकपा(माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्णरुपमा सरकार बिस्तार हुने दाबी गरेका हुन्। ‘हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा केन्द्रित हुनेछ,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्