दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा चढ्न आधारशिविरतर्फ प्रस्थान काठमाडौं, २२ चैत। पूर्व गोरखा सैनिक हरि बुढा मगर सगरमाथा आरोहणका लागि बुधबार सोलुखुम्बु प्रस्थान गरेका छन्। दुवै खुट्टा नभएका उनी कृतिम(प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन्।उनी कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति हुन्। ५वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुशी लागेको उनले बताए। सन् २०१०मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्