माओवादी पदाधिकारी बैठक बस्दै, समसामयिक विषयहरुमा छलफल हुने काठमाडौं, २२ चैत। नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ। आज दिउँसो ४ बजे पार्टी केन्द्रिय कार्यालस पेरिस डाँडामा बैठक बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरुमा छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ लगायतका नेता उपस्थित हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्