ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनले के भने ? वाशिङ्टन, २२ चैत। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरी अदालतमा पेश गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कस्तो प्रतिक्रिया दिन्छन् भन्नेमा धेरैको ध्यान अडेको छ। ट्रम्पका बारेमा सोध्दा बाइडेनले भने,‘नो कमेन्ट’। ट्रम्पका बारेमा बाइडेनले कुनै प्रतिक्रिया नदिएपछि व्हाइट हाउसकी प्रेस सेक्रेटरी क्यारीन जीन पिएरेले भनिन्,‘अहिले यो मुद्दा अदालतमा चलिरहेको छ, त्यसैले यसमा हामी टिप्पणी गर्दैनौं। यो (ट्रम्पको मुद्दा)बाइडेनको लागि महत्वपूर्ण छैन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्