महिला फुटबल एसिया छनोटः आज नेपाल र भियतनाम भिड्दै काठमाडौं, २२ चैत। पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ। फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामबिरुद्ध नेपाल सुखद् नतिजाको अपेक्षासहित मैदान उत्रनेछ। फिफा वरीयतामा भियतनाम ३३ औं स्थानमा रहेको छ भने नेपाल १००औं स्थानमा।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्