अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गिरफ्तार न्यूयोर्क, २२ चैत। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी प्रहरीले गिरफ्तार गरेको छ। अदालतमा पेश हुनुअघि उनलाई प्रहरीले गिरफ्तार गरेको हो। पोर्न स्टार स्टार्मी डेनियल्सलाई अवैध तरिकाले एक लाख ३० हजार अमेरिकी डलर दिएको आरोपमा उनी विरुद्ध मुद्दा दायर गरिएको थियो। ट्रम्पमाथि ३४वटा आरोपहरु लगाइएको छ। न्यूयोर्कको अदालतमा उनले आफू निर्दोष भएको बताए।त्यसपछि उनी फ्लोरिडा फर्केर आफ्ना समर्थकलाई सम्बोधन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्