नासाको ‘मुन मिसन’मा एक महिला र एक अश्वेत पुरुषलाई सहभागी गराइयो वासिङ्टन, २१ चैत। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चार जना अन्तरिक्ष यात्रीको नाम सार्वजनिक गरेको छ जो ५० वर्षपछि चन्द्रमामा जाँदैछन्। उनीहरुमा क्रिस्टीना कोच,भिक्टर ग्लोवर,रिड वाइजम्यान र जेरेमी हैनसेन रहेका छन। क्रिस्टीना चन्द्रमा जानको लागि तयार गरिएको टीममा सहभागी हुने पहिलो महिला हुन्। भिक्टर टीममा सहभागी हुने पहिलो अश्वेत अन्तरिक्ष यात्री हुनेछन्।उनीहरु सन् २०२४को अन्त वा २०२५को सुरुमा चन्द्र यात्रामा जानेछन्।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्