नेपालको पाँचौँ ठूलो व्यापार घाटा अर्जेन्टिनासँग, आठ महिनामा व्यापार घाटा साढे १९ अर्बभन्दा बढी काठमाडौं, २१ चैत। चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिना (साउन–फागुन)मा अर्जेन्टिनासँग नेपालको व्यापार घाटा १९ अर्ब ६९करोड ९४लाख १४हजार रुपैयाँ पुगेको छ। भारत, चीन, इन्डोनेसिया र यूएईपछि नेपालको सबैभन्दा ठूलो व्यापार घाटा अर्जेन्टिनासँग रहेको छ। सो अवधिमा नेपालले अर्जेन्टिनाबाट १९अर्ब ७०करोड ४लाख ३४हजार रुपैयाँको वस्तु आयात गरेको छ भने नेपालबाटमात्र १०लाख २०हजार रुपैयाँको वस्तु अर्जेन्टिनामा निर्यात भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्