धर्मका प्रकार फरक छन् तर लक्ष्य एउटै होः उपराष्ट्रपति यादव काठमाडौं, २१ चैत। उपराष्ट्रपति रामसहायप्रसाद यादवले धर्मको परिभाषा र प्रभाव सर्वजनहीतायको भावनाले मात्रै ओतप्रोत हुने बताएका छन्। मंगलबार जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले धर्मका विभिन्न प्रकार भएपनि सबै धर्मको लक्ष्य भनेको एउटै हुने जनाए। धर्मले नै संसारका सबै नीति, नियम र प्रक्रियालाई अनुशाषित रुपमा अघि बढ्न प्रेरित गर्ने धारणा उनको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्