नेपालमा महिला सशत्तिकरण गर्न फिनल्याण्डले ४.५ मिलियन युरो दिने काठमाडौं, २१ चैत। फिनल्याण्डले यूएन वुमन मार्फत नेपालमा लैङ्गिक समानता र महिला सशत्तिकरणलाई अगाडि बढाउन ४.५ मिलियन युरो (६४करोड ४०लाख रुपैयाँ) दिने भएको छ। उक्त सहयोग सन् २०२३–२०२७ सम्म कार्यान्वयन ल्याइने काठमाडौंस्थित फिनल्याण्डको दूतावासले जनाएको छ। दिगो, लचिलो र समावेशी आर्थिक रुपान्तरण, समावेशी र रुपान्तरणकारी मानव विकास, वातावरणीय दिगोपन, शासन, संघीयता, सहभागिता र समावेशीकरणका क्षेत्रमा उक्त सहयोग खर्च गरिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्