भारतीय ‘आइ ड्रप’ प्रयोग नगर्न अमेरिकाले दियो चेतावनी, संक्रमण र अन्धोपना बढाएको आरोप वासिङ्टन, २१ चैत। अमेरिकी फूड एन्ड ड्रग ऐडमिनिस्ट्रेशन (एफडीए)ले भारतमा बनेको आइ ड्रप प्रयोग नगर्न चेतावनी जारी गरेको छ। भारतीय ‘आर्टिफिसियल टिअर्स आइ ड्रप’का कारण अमेरिकामा ५५ जनामा संक्रमण, अन्धोपना र अन्य समस्या देखिएको र एक जनाको मृत्यु भएको एफडीएले जनाएको छ। उक्त आइ ड्रप भारतको ग्लोबल फर्मा हेल्थकेयर पा.लि.ले बनाउने गर्छ। कम्पनीले अमेरिकामा रहेको आइ ड्रपको स्टक मगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्