सहिद स्मारक ए डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै काठमाडौं, २१ चैत। सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत मंगलवार दुई खेल हुँदैछन्। लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ। दुवै खेल दिउँसो २बजे सुरु हुनेछन्। च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लव र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्