रास्वपा अध्यक्ष रवि लामिछानेविरुद्धको मुद्दाको आज प्रारम्भिक सुनुवाई हुँदै काठमाडौं, २१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई हुँदैछ। युवराज सफलले सोमबार दर्ता गरेको रिटमा सर्वोच्चले आज प्रारम्भिक सुनुवाई गर्न लागेको हो। नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गदै रास्वपा अध्यक्ष लामिछानेविरुद्ध सफलले रिट दर्ता गरेका थिए। लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं.२ बाट उम्मेदवारी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्