दलीय खिचातानीप्रति पूर्वराजा ज्ञानेन्द्रको वितृष्णा, भने– लोभ र लालच देखाएर मुलुकको सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ काठमाडौं, २० चैत। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।सोमवार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दनग्रहण पस्चात सम्बोधन गर्दै उनले जनताको चासोप्रति आफू जानकार रहेको बताए। उनले कसैलाई धन,कसैलाई मन,कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको समेत जनाए। राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्