मिटरब्याज पीडितको दोस्रो टोलीद्वारा काठमाडौंमा विरोध प्रदर्शन काठमाडौं, २० चैत। मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर विभिन्न माग राख्दै प्रदर्शन गरेका छन्। देशभरका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितको दोस्रो टोली काठमाडौंमा आएर सोमवार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरुले सिंहदरबारअगाडि कार्यक्रम गरेका हुन्। यसअघि शनिवार सरकार र मिटरब्याज पीडितबीच समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्नेसहितको पाँच बुँदे सहमति भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्