यूएसएआईडीद्वारा नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण लक्षित ३ अर्ब २७ करोडको परियोजना प्रारम्भ काठमाडौं, २० चैत। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ)को ‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना’ आजबाट सुरु गरेको छ। परियोजनाले नेपाली नागरिकहरूलाई उचित, उत्तरदायी र दिगो स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्