शरीरका कुनैपनि अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छः अध्यक्ष नेपाल काठमाडौं, २० चैत। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्। सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव जातिको लागि रगतको आवश्यकता महत्वपूर्ण रहने बताए। अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्