सञ्चारमाध्यम सरकारले सञ्चालन गरे पनि ती भजनमण्डली बन्नु हुँदैनः सञ्चारमन्त्री शर्मा काठमाडौं, २० चैत। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन्। सोमवार रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै उनले कतिपय सञ्चारमाध्यमहरु सरकारले सञ्चालन गरिरहेको भए पनि ती मजनमण्डली बन्न नहुने बताइन्। सञ्चारमाध्यम भजनमण्डली हुनु हुँदैन भन्ने सैद्धान्तिक मान्यताअनुसार प्रशारण ऐन संसदमा प्रस्तुत भएको उनले जनाइन्। मन्त्री शर्माले जनतालाई सुसुचित गर्ने कार्यक्रमहरु सञ्चारमाध्यमले दिनुपर्ने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्