सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै काठमाडौं, २० चैत। सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। सोमवार दुई खेलहरु हुनेछन्। जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ। च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लवबीच दिउँसो २बजे प्रतिस्पर्धा हुनेछ। एन्फा कम्प्लेक्समा संकटा क्लव र एफसी खुमलटारबीच दिउँसो २बजे प्रतिस्पर्धा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्