उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता काठमाडौं, २० चैत। आगामी वैशाख १०मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि सोमवार उम्मेदवार मनोनयन दर्ता हुँदैछ। गत मङ्सिर ४गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं.२का लागि उपनिर्वाचन हुन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्