राजनीतिक अस्थिरताको अन्त्य नगरी दिगो विकास सम्भव छैनः महासचिव पोखरेल काठमाडौं, १९ चैत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताको अन्त्य नगरी दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताएका छन्। आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने जनाए। एमाले बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकंक्षा पूरा हुन नसक्ने दाबी उनले गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्