नेप्से परिसूचक २० अंकले गिरावट, १ अर्ब २० करोडभन्दा बढीको कारोबार काठमाडौं, १९ चैत। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ विन्दुमा झरेको हो। आइतबार कारोबारमा आएका २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता शेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। गत बिहीवारको तुलनामा शेयर कारोबार रकम भने बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्