आठ महिनामा नेपालले आयात गर्यो ११ अर्ब ३६ करोडभन्दा बढीको मकै काठमाडौं, १९ चैत। नेपालले पछिल्लो आठ महिनामा विभिन्न देशबाट ११ अर्ब ३६ करोड २५ लाख ८२ हजार रुपैयाँको मकै आयात गरेको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुनसम्मको अवधिमा नेपालले उक्त मुल्यमा २६ करोड ५६ लाख ६८ हजार ७४ केजी मकै आयात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपालले १४ अर्ब ६०करोड १३लाख ७४हजार रुपैयाँको मकै आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्