हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भिरपूर्वक लिइयोस्ः प्रदिप पौडेल काठमाडौं, १९ चैत। नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन्। ‘हवाई क्षेत्रमा देखिएका समस्यालाई गम्भिरपूर्वक लिइयोस् । उचित व्यवस्थापनका लागि दिगो समाधान खोजियोस्,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्