मिटरब्याज पीडितलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउन खोज्योः ठाकुर प्रसाद गैरे काठमाडौं, १९ चैत। नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याजीहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पीडितलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउने निर्णय लिएको बताए।‘एउटा आयोगको प्रतिवेदन थन्क्याएर फेरी अर्को आयोग गठन गरेर विषयलाई लम्ब्याउने,अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिने काम भएको छ। यो करेक्सन हुनु पर्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्