विद्यालयतहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै, राज्यले मनोपरामर्श दिनुपर्नेमा विज्ञको जोड काठमाडौं, १९ चैत। शिक्षाविद् डा.राजकुमार ढुंगानाले कोभिड–१९ पछि बालबालिकामा मोबाइल प्रयोगको लत बढेका कारण उनीहरुमा मनोसामाजिक समस्या देखिएको बताएका छन्। महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठनपाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको प्रयोगमा लत बस्दै गएकाले त्यसको नकारात्मक असर बालबालिकाहरुमा देखिन थालेको उनले जनाए। शिक्षाविद् ढुंगेलले विद्यालयस्तरबाटै राज्यले बालबालिकाकालाई मनोसामाजिक परामर्श सेवा दिनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्