मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छः मन्त्री श्रेष्ठ काठमाडौं, १९ चैत। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्। आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेट्दै उनले सरकार सहमतिप्रति गम्भिर रहेको जनाए। समस्या समाधानका लागि आयोग बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्