कांग्रेसले बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई समर्थन गर्ने काठमाडौं, १९ चैत। नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका साझा उम्मेदवारको रुपमा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जसपा अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्