आरुश्री शर्माले हात पारिन् ‘समिट वुमन अफ द इयर,२०२३’ को उपाधि काठमाडौं, १९ चैत। यस वर्षको ‘समिट वुमन अफ द इयर,२०२३’ को उपाधि अभानी नेपालकी सह–सस्थापक आरुश्री शर्माले पाएकी छन्।ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतीमा नगद एक लाख रुपैयाँसहितको उपाधी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरुश्रीलाई प्रदान गरेका थिए।‘समिट वुमन अफ द इयर,२०२३’ मा निकिता जलानलाई नगद ५०हजार रुपैयाँसहित ‘वैद्य अर्गनाइजेशन इनोभेशन प्राइज,२०२३’ बाट सम्मानित गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्