आज यी प्रदेशमा छ चट्याङ् पर्ने सम्भावना काठमाडौं, १९ चैत। जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ। आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्