प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूचि काठमाडौं, १९ चैत। आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे सुरु हुनेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्