आर्थिक समस्या समाधानका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछः अर्थमन्त्री डा. महत काठमाडौं, १७ चैत। नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लागेर समाधान गर्ने बताएका छन्। शुक्रवार पदभार ग्रहण गर्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र विभिन्न असरको कारण संकटमा रहेको भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे।सरकारको साधारण खर्च कटौति गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने बताए। उनले राजश्वको दायरा बढाउने पनि जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्