देश आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रे पनि श्रीलंका बन्ने स्थितिमा छैनः प्रधानमन्त्री दाहाल काठमाडौं, १७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले मुलभुत रुपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने बताएका छन्। शुक्रवार रिपोर्टस क्लव नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले देश अहिले आर्थिक रुपमा अफ्ठ्यारो स्थितिबाट गुज्रेको भएपनि श्रीलंका बन्ने स्थितिमा नरहेको दाबी गरे। पछिल्लो तीन महिनामा विदेशी मुद्रा सञ्चितिमा देश धेरै राम्रो स्थितिमा आइसकेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्