यूएसएआईडीको २ अर्ब ६२ करोड सहयोगमा मधेस प्रदेशमा सुरु भयो सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलाप काठमाडौं, १७ चैत। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)को सहयोगमा मधेस प्रदेशमा ‘सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलाप’ कार्यक्रम सुरु भएको छ। नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन र यूएसएआईडी–नेपालकी प्रमुख सेपिडे केभान्शाडले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सँग संयुक्त रूपमा उक्त कार्यक्रम प्रारम्भ गरेका हुन्। मधेस र लुम्बिनी प्रदेशको लागि बनाईएको उक्त कार्यक्रमको बजेट करिब २अर्ब ६२करोड रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्