सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री खड्का काठमाडौं, १७ चैत। नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाएका छन्। शुक्रवार मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताएका हुन्। मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने जनाए। सबैले सबैलाई सम्मान गर्ने र विश्वास गर्ने परिस्थिति निर्माण गर्न लागिपर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्