कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै काठमाडौंमा विरोध, प्रदर्शनकारीले मागे मुख्यमन्त्री र प्रधानमन्त्रीको राजीनामा काठमाडौं, १७ चैत। कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। शुक्रवार काठमाडौंको माइतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन भएको हो। शुक्रवार सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनकारीले नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने माग गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्