स्वर्णिम वाग्लेको राजनीतिक विद्रोहलाई हल्काफुल्कारुपमा नलिउँः डा. बाबुराम भट्टराई काठमाडौं, १७ चैत। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले डा.स्वर्णिम वाग्लेले कांग्रेस त्याग गरेको कुरालाई गम्भिररुपमा लिनुपर्ने बताएका छन्। उनले आज ट्वीटरमा लेखेका छन्,‘डा.स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्।तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन।देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन।अतः डा.वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊँ!’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्