मिटरब्याज पीडितहरुालई आजै प्रधानमन्त्रीले भेट्ने काठमाडौं, १७ चैत। प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्ने भएका छन्। शुक्रवार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले आज बेलुकासम्म पीडितहरुसँग भेट गर्ने भएका हुन्। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले प्रधानमन्त्रीले आज साँझसम्म पीडित बसेकै स्थानमा पुगेर भेट गर्ने जानकारी आएको जनाए। उनले सरकारसँगको छलफल सकारात्मक रहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्