नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग, आठ महिनामा घाटा ३० अर्बभन्दा माथि काठमाडौं, १७ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३० अर्ब १७ करोड १५लाख ४७हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार भारत र चीनपछि नेपालको ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। सो अवधिमा नेपालले इन्डोनेसियाबाट ३०अर्ब ३२करोड १०लाख ४३हजार रुपैयाँको वस्तु आयात गरेको छ भने १४करोड ९४लाख ९६हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्