आगामी वैशाख १८ गतेबाट तातोपानी/झाङ्मु नाकाबाट दुइतर्फी व्यापार खुला गरिने, यारी/पुलाङ पनि खुल्ने काठमाडौं, १७ चैत। २०८० वैशाख १८ गतेबाट तातोपानी÷झाङ्मु र यारी÷पुलाङ नाकाबाट दुईतर्फी व्यापार खुला गरिने भएको छ। कोरोना महामारीलाई कारण देखाउँदै उक्त नाकाबाट लामो समयदेखि एकतर्फीमात्र व्यापार हुँदै आएको छ।चीनबाट तातोपानी नाका हुँदै नेपालमा वस्तु भित्रिए पनि नेपालबाट वस्तुहरु सोही नाकाबाट चीन पठाउन सकिएको थिएन।यसैसाता ल्हासामा भएको दुई देशबीचको बैठकले वैशाख १८गतेबाट नाकाबाट दुईतर्फ व्यापार खुला गर्ने निर्णय गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्