वैशाख १० गते उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदाता कति छन् ? काठमाडौं, १७ चैत। २०८० वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २,तनहुँ क्षेत्र नं.१ र बारा क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार चितवन–२ मा १लाख २४हजार ६९५, तनहुँ–१ मा १ लाख २३हजार ३०५ र बारा–२ मा १लाख ५हजार २४८जना मतदाता रहेका छन्। गत मंसिरमा भएको निर्वाचनमाभन्दा उपनिर्वाचनमा चितवन–२ मा ४७० र बारा–२ मा २३७ मतदाता थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्