के पोर्न स्टारलाई पैसा दिएको घटनामा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ पर्लान् ? वासिङ्टन, १७ चैत। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प केही दिनभित्रै पक्राउ पर्ने सम्भावना बढेको छ। सन् २०१६ को राष्ट्रपति निर्वाचनअघि पोर्न स्टार स्टाँर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर दिएको सम्बन्धमा चलेको मुद्दामा उनी पक्राउ पर्न लागेका हुन्। आफूमाथि लागेको आरोप निराधार भएको ७६वर्षीय ट्रम्पले बताउँदै आएका छन्। ट्रम्पको डिफेन्स टिमका अनुसार आगामी साता उनले आत्मसमर्पण गर्ने सम्भावना रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्