आजबाट सुरु भयो एसईई, परीक्षाकेन्द्र प्रमुख महर्जन भन्छन्– शान्तिपूर्णरुपमा परीक्षा सुरु भएको छ काठमाडौं, १७ चैत। आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। आज बिहान ८ बजेबाट देशभर एकसाथ एसईई सुरु भएको हो। राष्ट्रिय परीक्षा बोर्डकाअनुसार ७७वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको छ। पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ।यस वर्ष परीक्षामा कुल ४लाख ८४हजार २२७परीक्षार्थी सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्