अर्थशास्त्री स्वर्णिम वाग्लेद्वारा नेपाली कांग्रेसबाट अलग भएको घोषणा काठमाडौं, १६ चैत। अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन्। उनले आज फेसबुकमा लेखेका छन्,'२०४२सालको 'सत्याग्रह' र २०४६को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५०वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।'जननायक बिपी कोइराला,गणेशमान सिंह,सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको उनले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्